मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

बीरगञ्ज महानगरपालिकामा एमाले र लोसपाबीच चुनावी गठबन्धन

​​​​​​​​​​​​​​बीरगञ्ज । बीरगञ्ज महानगरपालिकामा नेकपा (एमाले)र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी गठबन्धन गर्न सहमति जुटेको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने हुनुभएको छ भने उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झा उम्मेदवार हुनुहुनेछ । सरावगी वर्तमान मेयर हुनुहन्छ । उहाँ हालै मात्र एमालेमा प्रवेश गर्नुभएको थियो ।

एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले महानगरपालिकाको मेयर र उपमेयरको सहमति भएका र वडा अध्यक्ष र सदस्यको हकमा टुङ्ग्याउन बाँकी रहेको बताउनुभयो । 

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गर्नुभएको छ।

सत्ता गठबन्धनबाट बीरगञ्जको मेयरमा जनता समाजवादी र उपमेयरमा काँग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ३३ बजे