राष्ट्रपति भवनमा घटस्थापना

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव  रहेको छ । 

बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

शुक्रवार गण्डकी, बाग्मती तथा प्रदेश १ का  केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०७९ वैशाख ०८ गते (बिहीबार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू–भागका  केही स्थान र बाकी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का  थोरै स्थान र बाकी प्रदेशका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख ०९ गते (शुक्रवार)
दिउँसो
: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का  केही स्थान र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १० गते (शनिवार) 
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ को  एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ को  एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : २५ बजे