मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

कांग्रेसलाई जित्न माओवादी र एकीकृत समाजवादीको सहारा चाहिँदैन: डा. शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गर्नु भएको छ ।  कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उहाँको भनाइ छ ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी जस्ता कम्युनिस्ट सहारा नचाहिने तर्क गर्नु भयो । कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उहाँको भनाइ थियो ।

‘नेपाली कांग्रेस कमजोर छैन । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौं भन्ने आत्मविश्वास छ। कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भन्नुभयो । उहाँले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताउनु भयो ।

केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उहाँले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताउनु भयो । तर अहिले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ४० बजे