मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एमाले अध्यक्ष ओलीको ‘युवासँग म’ एकल अन्तरक्रिया कार्यक्रम सुरु

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरुसँग अन्तरक्रिया गरिरहनु भएको छ ।

‘युवासँग म’ शीर्षकमा अध्यक्ष ओलीले युवासँग अन्तरक्रिया गर्नु भएको हो । दिउसो २ बजे देखि अध्यक्ष ओलीको अन्तरक्रिया ललितपुरको गोदावरीमा रहेको सनराइज हलामा भइरहेको छ ।

अध्यक्ष ओलीले पेशागत क्षेत्रका युवाहरुसँग देशको समसामयिक परिस्थिति, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा सुझावसहितको अन्तरक्रिया गर्नु भएको हो । यस बृहत् कार्यक्रमको आयोजक अध्यक्ष केपी शर्मा ओली आफैँ हुनुहुन्छ ।

अन्तरक्रियामा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योग लगायतका क्षेत्रमा संलग्न युवाहरुले आफ्नो धारणा राख्नेछन् । त्यसपछि अध्यक्ष ओलीले नेपालको विकास र समृद्धिको अहिलेको अवस्था, आफू सरकारमा छँदा गरेका प्रयासको चर्चा गर्नु हुने छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  २ : ३७ बजे