मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

मन्त्रीबाट राजीनामा दिन अर्थमन्त्री शर्मालाई विश्वप्रकाशको आग्रह

​​​​​​​काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको रिटमा सर्वोच्च अदालतको तत्काल निलम्बन नगर्नु भन्ने आदेश आएसँगै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन साङ्केतिक रूपमा आग्रह गर्नुभएको छ । 

शर्माले ट्विटरमार्फत नेपाली काँग्रेसका पूर्व अर्थमन्त्री महेश आचार्यलाई स्मरण गर्नुहुँदै अहिलेका अर्थमन्त्री जनार्दन शर्मालाई पनि राजीनामा गर्न सङ्केत गर्नुभएको हो। 

सरकारले गरेको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश आएसँगै गभर्नर महाप्रसाद अधिकारी आजबाट आफ्नो नियमित काममा फर्किँदै हुनुहुन्छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : १० बजे