‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले गठबन्धनमाथि यसरी हुँदै छ हाबी 

स्थानीय सरकारका लागि निर्वाचन नजिकिँदै गर्दा केपी शर्मा ओलीले नेतृत्वको एमाले र शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनबीच परिणामलाई आफ्नो पक्षमा पार्न शक्ति केन्द्रित छ । निर्वाचन पूर्वको गठबन्धन गलत हो तर गठबन्धनै निर्माण गरेपछि आफ्नो पक्षमा परिणाम ल्याउन प्रयास गर्नु स्वाभाविक छ । जसरी पनि जित्नुपर्छ भन्ने मेकियावेलियन बिचारबाट  ध्रुवहरुको निर्माण हुनु चाहिँ लोकतन्त्रका लागि घातक छ । मेकियावेलीकोे ‘द इण्ड्स जस्टिफाइज् द मिन्स’ अर्थात् ‘परिणामले प्रक्रियालाई न्यायोचित गर्छ’ भन्ने सिद्धान्तले राजनीति घोका धडी हो, बाहुबलीले राज गर्छ, बिचार र सिद्धान्तले होइन भन्नेतर्फ पुर्‍याउँछ । शक्तिहीन गठबन्धन त्यसैको एउटा रूप हो । 

दोस्रो ठुलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमाल नेपालको एक मात्र उद्देश्य सबैभन्दा ठुलो दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि पराजित गर्ने देखिन्छ । त्यसका लागि सङ्घीय निर्वाचनसम्मै पर्खनुपर्छ तर त्यसको आधारमाथि कब्जाको प्रयास भइरहेको छ । यो निर्वाचनरुपी युद्धमा आउने परिणाम गठबन्धनलाई सङ्घीय निर्वाचनसम्म गठ जोड कायम राख्न वा नराख्न निर्णायक हुन्छ । त्यसैले प्रतिशोधी गठबन्धनका लागि मेकियावेली बिचार पदपदर्शक हो । जसलाई प्रमाणित गर्ने अभिव्यक्तिहरू प्रधानमन्त्री देउवादेखि माधव नेपाल सम्मबाट आइरहेका छन् ।

प्रचण्ड–माधवले चर्को आवाज निकाले पनि उभिएको जमिनमै पहिरो गएको अवस्था छ । कदाचित् देउवाले छोडिदिएमा प्लेकार्ड बोकेर सडक तिरै पलेटी कस्न पुग्नुपर्ला भन्ने त्रास छ । 

रामचन्द्रदेखि सुरु भएको ‘एमाले फोविया’ र खासगरी ‘ओली फोविया’लाई देउवाले लालमोहर लगाउँदै प्रचण्ड र माधवलाई धोका दिनु नहुने बताएका छन् । प्रचण्ड र माधवले संयुक्त शक्ति लगाउँदा पनि ओलीसँग लड्ने सामर्थ्य राख्न सक्दैनन् । रामचन्द्रले ‘एमाले अहिले पनि सबैभन्दा बलियो शक्ति हो’ भन्नेबाट सुरु भएको भाष्य अनुमोदन गरेर देउवाले टिकट माग्न गएका काँग्रेसीलाई यस्तो आशयमा थर्काउँछन्– एमालेसँग एक्लै लड्न सक्छौँ ? सक्दैनौ भने हँसिया हथौडा र कलममा मत हाल्न तयार होऊ ।’ प्रचण्डले त कार्यकर्तालाई एमाले र ओलीलाई एक्लाउन घरी ‘अन्तिम युद्धको तयारी गर्न’ निर्देशन दिन्छन् भने एमाले र ओलीविरुद्ध ‘ग्रेट ब्याटल्ड’ को उद्घोष गर्छन् । खिइएर मरीच जस्तो भइसक्दा पनि जनयुद्धकालिन क्रान्तिकारी आत्मारतीमा रमाउन सक्नुलाई ठुलै कला मान्नुपर्छ । माधव नेपालको पार्टी निर्वाचनसम्ममा करिब करिब दशमलवतिर सीमित हुने छाँट देखिँदै छ । एक्लै लड्दा मेयर उपमेयर होइन, एउटा वाड अध्यक्ष जित्ने हैसियत नहुँदा पनि देउवासँग पूर्व एमालेको हैसियत माग्ने हिम्मत जुटाउनुलाई साहस नै मान्नुपर्छ । 

एमाले अध्यक्ष ओली र गठबन्धनका अध्यक्ष बीचको एउटा फराकिलो अन्तर के हो भने ओली गठबन्धनको आलोचना गर्छन् तर विकास र समृद्धिका सोच र कार्यक्रमसहित जनमतका लागि आव्हान गर्छन् । तर गठबन्धनका अध्यक्षहरू बालुवाटारमा ओलीप्रति आक्रोश पोख्छन्, जनतामा बीचमा पुगिहाले विकास र समृद्धिका सोच र कार्यक्रमतिर प्रवेश गर्नै चाहँदैनन् । किनभने गठबन्धन देशको हित र जनताका समस्या समाधानका लागि बनेकै होइन । 

यो लेख मुख्यतः एमाले भर्सेज गठबन्धनको अवस्था कस्तो रहन्छ भन्नेमा केन्द्रित छ ।  

अस्वीकृति गठबन्धन संस्कृति
निर्वाचनपछि कुनै दलको बहुमत नआउँदा सरकार निर्माण हेतु गठबन्धन हुनु स्वाभाविक मानिन्छ । संयुक्त सरकार भनेकै त्यही हो । प्रत्यक्ष निर्वाचित कार्यकारी भएका मुलुकमा ५१ प्रतिशत आवश्यक हुने हुँदा निर्वाचन प्रणालीले बहुचरणबाट भए पनि छिनोफानो गर्छ । तर दुईभन्दा बढी दल हुने संसद्ले प्रधानमन्त्री छान्ने प्रणालीमा प्रयास गठबन्धन सरकार प्रयोजनका लागि बन्छन् । छिमेकी भारतमा गठबन्धन बनाएर निर्वाचन प्रतिस्पर्धा भए पनि एक दशकमै निर्वाचन अघिको गठबन्धन असफल भएको प्रमाण छ । अब भारतमा भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलाएन्स (एनडीए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलायन्स (युपीए) गठबन्धन छैन । भाजपा एक्लै भीमकाय शक्तिका रूपमा उदाएको छ भने सबैभन्दा पुरानो गान्धी–नेहरुको पार्टी कंग्रेस अस्तित्वको लडाइँमा देखिन्छ । 

रामचन्द्रदेखि सुरु भएको ‘एमाले फोविया’ र खासगरी ‘ओली फोविया’लाई देउवाले लालमोहर लगाउँदै प्रचण्ड र माधवलाई धोका दिनु नहुने बताएका छन् । प्रचण्ड र माधवले संयुक्त शक्ति लगाउँदा पनि ओलीसँग लड्ने सामर्थ्य राख्न सक्दैनन् । 

नेपालको हकमा पनि निर्वाचन पूर्वको गठबन्धन सफल भएको देखिँदैन, २०७४ कै स्थानीय सरकारको निर्वाचनमा भएको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको परिणाम एउटा बलियो प्रमाण हो । एमाले र माओवादीबीचको गठबन्धनको पार्टी एकताको रणनीतिक लक्ष्य किटान भएपछिको अवस्थाको हो, फेरी यो वामपन्थी गठबन्धन थियो । गठबन्धन आफैँमा गलत रहेको अवस्थामा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीचको यो चुनावी ‘कन्ट्रयाक्ट’ले अपार सफलता पाउँछु भन्नु भ्रम हो । फेरी यी चार वटै पार्टीमा आन्तरिक विवाद छन् घरेलु र बाह्य सम्बन्धका मुद्दामा । एमसीसी, बीआरआई, भारत, चीन, अमेरिकाप्रतिको दृष्टिकोण र आफन्त नातागोता नियुक्तिका सन्दर्भमा । नेपाली काँग्रेस तुलनात्मक उत्साहित हुनसक्छ कम्युनिष्ट विभाजित भएका बेला कम्युनिष्टकै काँधमा बन्दुक राखेर कम्युनिष्टलाई नै पड्काउने अवसर आयो भनेर । तर त्यहाँ पनि शेखर कोइरालाको ४० प्रतिशत शक्ति विभाजित गर्ने देउवा खेलले संस्थापनप्रति असन्तुष्टि बढ्दो छ । प्रचण्ड–माधवले चर्को आवाज निकाले पनि उभिएको जमिनमै पहिरो गएको अवस्था छ । कदाचित् देउवाले छोडिदिएमा प्लेकार्ड बोकेर सडक तिरै पलेटी कस्न पुग्नुपर्ला भन्ने त्रास छ । 

कम्युनिष्टको पुनर्गठन 
एमाले कानुनतः विभाजन भएको हो तर साहै थोरै हिस्सा मात्र माधव नेपालसँग गएको हो । संसदीय दल वा पार्टी केन्द्रीय समितिको २० प्रतिशत ल्याए पार्टी विभाजन गर्ने अध्यादेश ल्याएर माधवले समाजवादी बनाएका हुन् । अर्थात् माधवको पार्टीको गठन अध्यादेशबाट भएको हो, उनी अध्यादेश अध्यक्ष हुन् । विभाजनताका स्थानीय तहमा उनीतिर लागेका जनप्रतिनिधिको सङ्ख्या १० प्रतिशतभन्दा कम थियो । अहिले समाजवादी छाडेर एमालेमा फर्कनेको सङ्ख्या उल्लेख्य छ । जनमतका दृष्टिकोणमा समाजवादीमा गएको मत ३ प्रतिशत मात्र हो । मतदानसम्म यो निरन्तर घट्छ । किनकि स्थानीय सत्ताबाट प्रत्यक्ष लाभ नपाउनेहरू मूल घरमा फर्किन्छन् । त्यसैले विभाजनको असर बाहिर प्रचार भएजस्तो ठुलो हुँदैन । 

समाजवादी खोलेपछिका यी महिनामा ठुलो सङ्ख्यामा ती पार्टीमा लागेका जनप्रतिनिधि, स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता एमाले फर्किएका छन् । माधवले लिएर गएको शक्तिभन्दा ठुलो शक्ति माओवादीबाट एमाले प्रवेश गरेको छ । एमाले अध्यक्ष ओलीले भनेजस्तै एमाले नेकपाकै निरन्तरता देखियो, माओवादीबाट आएका नेताहरूको सम्मानजनक केन्द्रीय हैसियतले । माओवादी मात्र होइन, अन्य पार्टीबाट पनि एमाले प्रवेश गर्नेको सङ्ख्या ठुलो छ । दैनिक जसो अध्यक्ष ओली पूर्वपश्चिमतिरको राजनीतिक दौडाहामा छन्, जहाँ हजारौँ सङ्ख्यामा एमाले प्रवेश भएको छ । यो तथ्य हो । 

एमालेको पक्षमा आएको जनलहरले हिजो एमाले र ओलीविरुद्ध गरिएका टिप्पणी र बनाइएका भाष्य गलत रहेको भन्ने बुझाइले व्यापकता पाएको छ ।

ओली नेपालको सबैभन्दा ठुलो दल वामपन्थी दलका शक्तिशाली अध्यक्ष हुन् र देशभरका बिचारमा प्रतिबद्ध कम्युनिष्ट कार्यकर्ता, कम्युनिष्टप्रति सहानुभूति राख्नेहरूले उनलाई विश्वास गरेका छन् । काँग्रेसका सभापति देउवालाई नेता बनाएर समाजवादमा पुग्ने प्रचण्ड र माधवको सिद्धान्त र व्यवहारवादी राजनीतिले कम्युनिष्ट कार्यकर्ता र मतदातालाई कहीँ कतै अपिल गर्दैन । एमाले महासचिव शङ्कर पोखरेलले अघि सारेको प्रस्तावनाजस्तै अब नेपालका कम्युनिष्ट, वामपन्थी समाजवादी ध्रुवको नेतृत्व एमालेले गर्छ भने पुँजीवादी उदारवादी ध्रुवको नेतृत्व काँग्रेसले गर्छ । यो निर्वाचनले नेपाली राजनीतिलाई दुई दलीय प्रतिस्पर्धातर्फ दोहोर्‍याउँछ । प्रचण्ड–माधव देउवाका बीच लामबद्ध भइरहँदा देशभरका उनीहरूका कार्यकर्ता एमालेमा समाहित भइसकेको बोध उनीहरूले गरेकै हुनुपर्छ । यो भनेको एमालेको पक्षमा कम्युनिष्ट पुनर्गठनको आरम्भ हो । 

मधेसमा एमाले आकर्षण
२०७२ असोज ३ मा संविधान जारी गर्न प्रमुख भूमिका खेलेका कारण एमाले र ओलीलाई मधेस विरोधी घोषणा गर्दै मधेसवादी दलहरूले त्यहाँ प्रवेशमा समेत निषेधको प्रयास गरेका थिए । त्यसैको प्रमाण थियो एमालेको मेची–महाकाली अभियानमाथि २०७३ मा सप्तरीको मेरठमा भएको आक्रमण । त्यो एमाले विरोधी राजनीतिको आक्रामक रूप थियो । यो छ वर्षमा मधेसी दलले एमालेसँग सत्ता सहकार्य गर्नेदेखि मधेसी दलका महत्त्वपूर्ण जिम्मेवारीमा रहेका केन्द्रीय स्तरकै नेता उल्लेखनीय सङ्ख्यामा एमाले प्रवेश गर्नुलाई राजनीतिक मुल्याकंनको आधार मान्नुपर्छ । परम्परागत प्रभाव क्षेत्र एउटा पाटो भयो, तर आज मधेसमा कुनै पार्टी र कुनै नेताप्रतिको आकर्षण बढेको छ भने एमाले र ओली प्रतिको नै हो ।

२०७४ को स्थानीय निकायको निर्वाचनमा एमाले मधेस प्रदेशमा पाँचौँ ठुलो दल हो, जसले १३६ स्थानीय तहमध्ये १८ तहमा प्रमुख जितेको थियो, त्यो भनेको १३.२३ प्रतिशत मात्र हो । २०६४ पछिको निर्वाचनको प्रवृत्ति विश्लेषण गर्दा पनि मधेसमा मुख्य शक्तिका रूपमा काँग्रेस र एमाले नै देखिएका छन्, माओवादी र मधेसवादी दल खहरेजस्ता ह्वात्तै आउने र  कमजोर बन्दै जाने क्रम देखिएको छ । कुनै बेला मधेस आन्दोलनको नेतृत्व गर्ने शिव पटेलहरू नै एमाले प्रवेश गरेर ‘जय मधेसवाला नारा बोक्ने पार्टी एमाले मात्र हो’ भन्दै छन् भने राजनीति कताउन्मुख छ बुझ्दा हुन्छ । ओलीको नेतृत्वमा मधेस समृद्धि कार्यक्रम अन्तर्गत मधेस प्रदेशका आठ वटै जिल्लामा चक्रपथ, सदरमुकामसँग जोड्ने फराकिला सडक, ढल खानेपानी व्यवस्थापन लगायतका थुप्रै काम भए । 

राष्ट्रिय मनोविज्ञानको निर्माण
देउवा गठबन्धनले २०७४ को मत परिणामलाई हेरेर एमालेविरुद्ध सोझो हिसाब निकालेको देखिन्छ । राजनीतिमा त्यस्तो गणितीय जोड घटाउको अर्थ रहँदैन । फेरी यो आवधिक निर्वाचन हो, पाँच वर्षमा त्यसै पनि दलहरूले आफ्नो शक्ति पुन परीक्षण गर्नुपर्छ । यो निर्वाचन दलहरूको पाँच वर्षको परीक्षण हो, जो उनीहरूका कार्यसम्पादनका आधारमा हुन्छ । गठबन्धनले दलीय परीक्षणलाई निषेध गरेको छ । अर्को, ओलीलाई परमादेशबाट हटाइसके पछिको यो सरकार सत्ता सञ्चालनमा पूर्णतः असफल छ अर्थतन्त्रका सूचकदेखि विदेश सम्बन्ध सञ्चालनसम्मलाई हेर्दा मात्र पुगिहाल्छ । 

एमाले प्रष्ट मार्गचित्रसहित जनतामा बीचमा गइरहेको छ भने गठबन्धनबीच विवाद र अन्यौल छ । भागबण्डा मिलाउन र उम्मेदवार चयन गर्न समस्या मात्र छैन, गठबन्धनको अवज्ञा जिल्ला जिल्लाबाट सुरु भएको छ । गठबन्धन आफैमा कमजोरहरुबीच नै हुन्छ र सत्ता स्वार्थको मिसनबाट देशको विकास सम्भव छैन भन्ने बलियो मनोविज्ञान निर्माण भएको देखिन्छ । एमालेको पक्षमा आएको जनलहरले हिजो एमाले र ओलीविरुद्ध गरिएका टिप्पणी र बनाइएका भाष्य गलत रहेको भन्ने बुझाइले व्यापकता पाएको छ । मधेसकै जनताले यो महसुस गरेर ओलीलाई हार्दिक स्वागत गरेका छन् ।       

अर्को महत्त्वपूर्ण पक्ष, पाँच वर्षमा ३६ लाख ६१ हजार २ सय ९९ थपिएका सबै युवा मतदाताको आकर्षण समकालीन नेतामा ओलीप्रति बढी देखिन्छ । किनकि ओलीसँग युवादेखि सिनियर नागरिकसम्मलाई अपिल गर्ने कार्यक्रम छन् । युवा मतदाताले पार्टी कुन रोज्लान्, त्यो एउटा कोण भयो, तर व्यक्तिप्रतिको आकर्षण उनीहरूमा देखिन्छ । ओलीमा पूर्वीयदेखि पाश्चात्य दर्शन, परम्परागत पहिचानको संरक्षणदेखि अत्याधुनिक प्रविधिको प्रयोगसम्मका ज्ञान र सोच छन्, जो सरकारमा रहँदा कार्यान्वयनमा आएका हुन् । 

एमाले एक्लै र अर्कातिर गठबन्धन हुँदा पनि गठबन्धनधारीमा उत्साह नदेखिनुको कारण नै जनमत सकारात्मक नहुनु हो । प्रष्ट उद्देश्यसहितको मार्गचित्रधारी एमाले र विभिन्न स्वार्थ समूहको मार्गचित्र नै नभएको गठबन्धनबीचको प्रतिस्पर्धामा नेपाली मनोविज्ञानमा एमाले अघि देखिन्छ । 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : २७ बजे