राष्ट्रपति भवनमा घटस्थापना

समृद्ध नेपाल निर्माणका लागि एमाले अध्यक्ष ओलीले आज युवाहरूसँग छलफल गर्नुहुने

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्नुहुने भएको छ ।

उहाँले पेसागत क्षेत्रका युवाहरूसँग देशको समसामयिक परिस्थिति, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा ललितपुरको  गोदावरीस्थित सूर्योदय हलमा दिउसो १२ः०० बजे अन्तरक्रिया गर्न लाग्नुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योग लगायतका क्षेत्रमा संलग्न करिब १२ जना युवाहरूले आफ्नो धारणा राख्नुहुने छ ।  त्यसपछि अध्यक्ष ओलीले नेपालको विकास र समृद्धिको अहिलेको अवस्था, आफू सरकारमा छँदा गरेका प्रयासका बारेमा चर्चा गर्नुहुनेछ । 

अध्यक्ष ओली आफैले आयोजना गर्नुभएको उक्त कार्यक्रम करिब तीन घण्टामा सकिने उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ०५ बजे