बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । 

मङ्गलवारबाट सुरु भएको दोस्रो चरणको राष्ट्रिय अभियान आज सकिँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।

सरकारले २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । अभियान ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ४० बजे