राष्ट्रपति भवनमा घटस्थापना

कस्तो छ आजको मौसम ?

काठमाडौँ । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ ।  प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र  गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

बिहीबार अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ वैशाख ०७ गते (बुधवार)
​​​​​​​दिउँसो:
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती र  गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख ०८ गते (बिहीबार) 
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

अपराह्न पछाडि देशभर आंशिक देखि सामान्य बदली   रहने छ। गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य  बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख ०९ गते (शुक्रवार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली  रहने छ। देशको  केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ३१ बजे