सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

खुला टेनिस प्रतियोगिता ११ वैशाखदेखि

काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता ११ वैशाखदेखि हुने भएको छ ।

करिब दुई सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुनेछ । पुरुष महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुनेछ । 

सबै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कूल नगद पुरस्कार राशी पाँच लाख १७ हजार पाँच सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।

साताव्यापी प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : २२ बजे