मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

गठबन्धन नगर्नभन्दै हेटौंडामा कार्यकर्ताद्वारा कांग्रेस कार्यालयमा तालाबन्दी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन गर्न नहुने भन्दै कांग्रेसका कार्यकर्ताहरुले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला कार्यालयमा तालाबन्दी गरेका हुन् । 

कार्यकर्ताले लगाएको ताला पार्टी सभापति बुद्ध लामाले प्रहरीको रोहबरमा खुलाएका छन् ।
 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : १९ बजे