मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

माओवादीको  ब्रिफिङ : कांग्रेस घमण्डी, नेकपा एस घाँडो

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबनधनममा आवद्घ दल नेपाली कांग्रेस घमण्डी र नेकपा एस घाडो भएको दाबी गर्दै  चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । मोवादीले अब कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्नेबारे  छलफल चलाउने भएको छ ।

मंगलबार  केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका हुन्  । 
बैठकमा माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला भनेर प्रस्ताव राखेका थिए ।  यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जिट जित्न् सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामात्र मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् ।

माओवादीले जितपुर धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका छाड्न नहुने नेताहरूले बताएका थिए । तर हेटौंडामा नेकपा एसको दाबी छ भने धरान कांग्रेसले नछाड्ने भनेको छ ।

नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो । कतिपय नेताले जिल्ला र पालिकास्तरीय छलफलको ब्रिफिङ गर्ने क्रममा गठबन्धनमा नेकपा एस घाँडो भएको र कांग्रेस घमण्डी भएको टिप्पणी गरेका थिए । नेकपा एसलाई छाडेर जान पनि नसकिने र मागेजति दिएर गठबन्धन हुने अवस्था पनि नरहेको  बैठकमा ब्रिफिङ भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ४९ बजे