मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

गठबन्धन नगरे कांग्रेसको हालत पहिलेकै जस्तो हुन्छ : देउवा 

काठमाडौं ।  प्रधानमन्त्री एवं काग्रेंस सभापती शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताउनुभएको छ । 

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा गरेको कार्यक्रममा गठबन्धन नगरे  चुनावमा काग्रेंसको पराजय हुने भन्दै गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गर्नुभयो । ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, गठबन्धन टुट्नेबित्तिकै हाम्रो हालत पहिले जस्तै हुन्छ, पहिले एमाले र माओवादी मिल्दा के भएको थियो ? भोलि त्यही अवस्था नआओस्, नयाँ संविधानअनुसार एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन, कसै न कसैसँग त मिल्नैपर्‍यो । अब गठबन्धनलाई राम्रोसँग अघि बढाउनुपर्छ’, देउवाले भन्नुभयो । 

गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने देउवाले बताउनुभयो । गठबन्धन गरेकै कारण अहिले आफु सरकारमा रहेको देउवाले बताउनुभयो । 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : १६ बजे