ब्रिटिस कलेजका विद्यार्थीहरुको शंकास्पद दुबई यात्रा

काठमाडौं – भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमन कार्यालयले  फर्काइदिएको छ।

मंगलबार बिहान ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई ‘शंकास्पद यात्रा’ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिइ फर्काएको हो ।

कलेजका विद्यार्थीहरुले शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नलिएकाले  उनीहरुलाई प्रस्थान अनुमति दिन अध्यागमन कार्यालयले अस्विकार गरेको हो । 

गृह मन्त्रालयले तोकेको मापदण्ड, सिफारिस र पूर्व स्वीकृति नलिएर ब्रिटिस कलेजका विद्यार्थीहरु भिजिट भिसामा दुबई जान विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०० बजे