बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

माधव नेपाल जस्ता अपराधीलाई अब आउँछु भने पनि ठाउँ छैन : अध्यक्ष ओली

सोलुखुम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल जस्ता अपराधी मान्छेलाई अब आउँछु भने पनि पार्टीमा  ठाउँ नहुने बताउनुभएको छ ।

सोलुखुम्बुमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल जस्ता कम्युनिष्ट विरोधी अपराधी मान्छेलाई अब आउँछु भने पनि एमालेमा ठाउँ नहुने बताउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘माधव नेपाले हिजो मात्रै भाषण गरेर नेपाली कांग्रेसलाई धम्क्याउनु भएको छ। एमाले कमजोर बनाउने, सिद्धयाउनेलाई हेप्ने भनेर गठबन्धन छाड्छु भन्दै धम्क्याउनु भएछ । यो चुनावसम्म माधव नेपालको तेल रहन्छ । माधव नेपाल कम्युनिष्ट विरोधी हुन्। बलियो पार्टी देख्न नसक्ने रहेछन्। उहाँलाई महासचिव बनाएर हामीले १५ वर्ष काँधमा बोकेर हिँड्यौँ। तर २४० स्थानमा चुनाव लड्दा माधव नेपालले एमालेलाई ३३ ठाउँमा झारेर ध्वस्त बनाउनु भयो ।’

माधव नेपालले पार्टी सक्न लागेपछि महासचिवबाट उहाँलाई हटाएको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टी बलियो बनेपछि माधव नेपाललाई निद्रा लाग्न छाड्यो, छटपटी भयो अनि पार्टी फुटाएर कांग्रेसका पछि लुरुलुरु हिँडेका छन् । 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : १४ बजे