बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

विप्लवलाई हतियार बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ: अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले विप्लवलाई हतियार बनाएर चुनाव सार्ने षड्यन्त्र गरेको बताउनुभएको छ ।

नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विप्लवका लागि होइन विप्लवलाई हतियार बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको बताउनुभएको हो । 

अध्यक्ष ओलीले विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न प्रस्ताव गर्दै चुनाव सार्ने गठबन्धनको मतियार नबन्न आग्रह समेत  गर्नु भएको छ । यदि तपाईंलाई पार्टी भएन भन्ने हो भने सूर्यबाटै लड्नुस्, कार्यकर्ता तपाईंकै हुने छन्,’ उहाँले भन्नुभयो ।चुनाव सार्न विप्लवलाई अगाडि सारेका छन्, विप्लवलाई मैले खुला राजनीतिमा ल्याएको हो । पार्टी दर्ता गर्ने बेलामा कहाँ जानु भएको थियो र अहिले गठबन्धनको मतियार र हतियार बन्न मिल्छ ?’ ।

अध्यक्ष ओलीले कुनै राजनीतिक झुण्डका लागि चुनाव रोक्न नमिल्ने बताउनु भयो । ‘चुनाव सुन्नेबित्तिकै गठबन्धनको सातो जान्छ । गठबन्धनले चुनाव मिति घोषणा गर्न चाहेका थिएनन् । अहिले पनि सार्ने षड्यन्त्र गरिरहेका छन् । चल्ला पार्छ कि पार्दैन बेग्लै कुरा हो, अण्डा उफारिरहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : १३ बजे