सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-० अन्तरले पराजित गरेको हो । 

माजियाको एकपक्षीय जितमा मोहम्मद हाम्जाले एक्लै चार गोल गरे । स्टेवार्ट कर्नेलिउस र हुसन नाइज दुबैले ह्याट्रिक पूरा गरे । यस्तै टानाले दुई गोल गर्दा ऐसामले एक गोल गरे । 

नेपाली टोलीका कप्तान किरणले भने सुरुआती एघारमै खेल्दै आएका छन् । उनले खेल पूरा समयसमेत खेले । जारी लिगमा नाै खेल खेल्दा आठ खेलमा जित र एक खेलमा हार बेहोरेको माजिया २४ अंकसहित शीर्षस्थानमा छ । आठ टोली सहभागी लिगमा माजियाले ३४ गोल गरेको छ भने दुई गोल बेहोरेको छ । 

समान खेलबाट १३ अंक जोडेको पराजित भ्यालेन्सिया तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : १३ बजे