यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

माटोको ढिस्को खसेर पुर्दा एक जनाको मृत्यु

पाँचथर।  घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा माटोको ढिस्को खसेर पुर्दा पाँचथरको फिदिममा एक जनाको ज्यान गएको छ ।

घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा पुजारीको काम गरिरहेका फिदिम–१ का ६५ वर्षीय गोपालप्रकाश ढुङ्गानाको ढिस्कोले पुर्दा मृत्यु भएको हो । फिदिम नगरपालिका–१ बुद्धमार्गका मदन पन्धाकको घडेरीमा घर निर्माणका लागि शुभसाइत गर्ने क्रममा आज बिहान ८ बजे ढुङ्गानालाई माटोको ढिस्को र सेफ्टी ट्याङ्की झरेर पुरेको थियो । दुई वटा जेसिबी मेसिनको सहायतामा करिब ५० मिनेटपछि ढुङ्गानाको उद्धार गरी जिल्ला अस्पताल पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

घटनामा घर निर्माण गर्न लागेका मदनकी भतिजी साहिसा पन्धाककोसमेत शरीरको आधा भाग ढिस्कोले पुरेको थियो । उनलाई सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीले उद्धार गरेका थिए ।

मृतक ढुङ्गाना सेवानिवृत्त शिक्षक हुनुहुन्छ । उहाँले लामो समय फिदिम नगरपालिका–४ स्थित सुखबोध माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ सल्लाहकार कमिटीका सदस्यसमेत हुनुहुन्थ्यो । मृतकलाई जिल्ला अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ४० बजे