बढी भाडा लिने ३१ जना नियन्त्रणमा

जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

वालिङ। स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।

 उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ ।

वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।
 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : ०६ बजे