बढी भाडा लिने ३१ जना नियन्त्रणमा

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

दाङ । माछा मार्न बनाएको बम पड्किँदा  लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् । 

घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ ।

लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो । 

बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ५२ बजे