सुनको मूल्यमा नयाँ कीर्तिमान

विराटनगरमा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका–९ मा पार्किङ गरेको को.२० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ बस्ने २६ वर्षीय राज कुमार कामत र २० वर्षीय प्रबिन मण्डल रहेका छन् । उक्त मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । 

उनीहरुमाथि जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ४ दिन म्याद थप गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ४३ बजे