सुनको मूल्यमा नयाँ कीर्तिमान

ब्राउन सुगरसहित युवक एक पक्राउ

सिरहा । प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : ३१ बजे