सुनको मूल्यमा नयाँ कीर्तिमान

पल प्रकरण : नाबालिगले बयान फेरिन्, बलात्कार नभएको दाबी

तनहुँ । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका पल साहको मुद्दामा अहिले नाबालिगले बयान फेरेकी हुन्।

अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको छ। त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन्।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्। 

उनले बकपत्रमा आफु विरामी रहेको र  मानसिक अवस्था समेत ठिक नभएको भन्दै यसअघि प्रहरीमा के–के बयान गरेको हो सो समेत थाहा नभएको बताएकी छन् ।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार उनले अहिले आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत बयानदिँदा पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन्। नाबालिगको बकपत्रको समयमा अदालतमा उपस्थित स्रोतका अनुसार उनी सत् प्रतिशत होस् टायल भएको देखिएको छ।
नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ ।

उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।  मुख्य पीडितले नै बयान बदलेर हैन भनेपछि मुद्दा कमजोर बनेको छ।  बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ । केही अदालतले पहिला बलात्कारको आरोप लगाउने तर पछि बयान बदल्ने पीडितलाई नै कैद सजाय  समेत सुनाएको छ।

अभिनेता पल शाहले आफ्नी नाबालिग छोरीमाथि पटक पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका बाबुले पनि बयान फेरेका छन्। 

नाबालिग पीडितको तर्फबाट प्रहरीमा जाहेरी दिएका ती बाबुले आइतवार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा सुरुमै बयान फेरेका हुन्। 

पीडित पक्ष र पीडक भनिएका पलको यो बकपत्रलाई अदालतले प्रमाणित गरेपछि फैसला गर्दा यसलाई पनि प्रमाणका रुपमा लिइन्छ। अदालतले अब साक्षीहरूसँग पनि वकपत्र गराउँछ ।

तनहुँको वकपत्र सकेर अब पललाई पूर्वी नवलपरासी लगिनेछ। अब नवलपरासी अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ। त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो।

पलविरुद्ध २०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा फागुन ११ गते ती बाबुले जाहेरी दर्ता गराएका थिए। 

त्यसपछि गत फागुन १५ गते आफैं तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : ३० बजे