सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो  । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : ५५ बजे