थप ५७ वटा हिमाल आरोहणका लागि खुला

अछामका तीन पालिकामा काग्रेंसले गठबन्धन नगर्ने

अछाम  । केन्द्रले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौर पाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका हुन् । नगर तथा गाउँ कार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् । काँग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरले काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताउनुभयो ।

उहाँले काँग्रेसको जनधारको कदर हुने गरी निर्णय लिइएको बताउनुभयो । यसअघि तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : २७ बजे