यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सरकारले गभर्नरलाई निलम्बन गरेको भन्दै राष्ट्र बैंकका कर्मचारी आन्दोलित

काठमाडौँ – सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध जनाएको छ।

 केन्द्रीय बैंकको स्वायत्तता माथि सरकारले नांगो हस्तक्षेप गरेको भन्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध जनाएको हो । गभर्नर अधिकारीमाथी सरकारले गरेको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर भन्दै आज प्रदर्शन गरेका छन् ।

राज्यका सञ्चालकहरू माफियाहरूको चंगुलमा फस्दा वित्तीय प्रणालीको दुरुपयोग गर्ने र गलत क्रियाकलापमा लिप्त हुँदा राष्ट्र बैंकको नेतत्व माथि आक्रमण भएको कर्मचारीहरुले बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल भित्रिएको शंकास्पद ४० करोड़ रुपैयाँ छुटाउन दबाब दिंदा नमानेकै कारण राष्ट्र बैंकका गभर्नर अधिकारीलाई गत चैत २४ गते मन्त्रिपरिषदको बैठकले निलम्बन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : १६ बजे