सुनको मूल्यमा नयाँ कीर्तिमान

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – झापा, मेचिनगर नगरपालिका-६ मेचिखोलाको पुरानो पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका-२ बस्ने २६ वर्षीय अमृत राई र सोही ठाउँ बस्ने ईलाम चुलाचुली घर भएका २२ वर्षीय सन्तोष ढकाल रहेका छन् । मे.५ प ५६५ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार अमृत र स्कुटर चालक सन्तोषलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : ४२ बजे