स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जीप दुर्घटनामा जिपमा सवार १३ मध्ये ७ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् ।
डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेको हो।
दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप चार जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै प्राथमिक उपचारपछि पोखरा रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
सच्याइएको : यसअघि प्रकाशित समाचारमा असावधानीवश मृतकको संख्या ७ उल्लेख हुन गएकोमा त्यसलाई सच्याइएको छ । यसबाट पठाकवर्गलाई पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।
–सम्पादक
प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार ११ : ४४ बजे
प्रतिक्रिया