राष्ट्रपति भवनमा घटस्थापना

दक्षिण अफ्रिकामा बाढी र पहिरोमा परी ४ सय जनाको मृत्यु

डर्वान । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा परी ४ सय जनाको ज्यान गएको र दसौँ हजार घरबारविहीन भएका छन् । 

ठुलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।  बाढीको पानीले दक्षिण पूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्‍याएको छ भने घरहरू बगाएको छ । 

दक्षिण पूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपत्कालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ । एजेन्सी

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : २२ बजे