गगन थापाको प्रस्ताव: बरु हारौँ, गठबन्धन नगरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैसाख ३० गत्ने हुने स्थानीय निर्वाचनमा पाँचदलबीच गठबन्धन नहुने संकेत गर्नुभएको छ ।  उहाँले चुनावी तालमेलको विषयमा बहस भैरहेको तर समझदारी भैनसकेको भन्दै एक्लाएक्लै चुनावमा जानुपर्ने बताउनुभएको हो । 
नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । ‘म लगायत केही साथीहरुको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला। तर, नेपाली कांग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो’, उहाँले भन्नेनुभयो ।

पार्टीले तालमेल गर्ने निर्णय गरेको भए पनि त्यसको अधिकार तल्ला समितिहरुलाई भएको थापाको भनाइ छ। पार्टीको निर्णयमै ‘तालमेल गर्न सक्ने’ भनिएकाले तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने उहाँको भनाइ छ। ‘तालमेल गर्न पनि पाउने, नगर्न पनि पाउने। यसको निर्णय माथिकाले गर्ने होइन, यसको निर्णय तलको समितिले गर्ने हो’, उहाँले भन्नेनुभयो।

थापाले तालमेलका लागि कसैले लाद्न नपाउने बताउनुभयो । 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ५३ बजे