राष्ट्रपति भवनमा घटस्थापना

‘लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ’

गोदावरी । निर्वाचन आयुक्त डा जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

आयुक्त डा तुलाधरले सङ्घीय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले वैशाख ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित ढङ्गले सम्पन्न गराउन सबैको साझा दायित्व भएको बताउनुभयो । 

उहाँले संविधानले तोकेको जिम्मेवारी पूरा गर्न आयोग प्रतिवद्ध रहेको उल्लेख गर्दै हरेक स्थानीय तहमा कार्यालय स्थापना भइसकेकाले पत्रकारले आचारसंहिता उल्लङ्घनका घटनालाई निगरानी गर्नुपर्नेमा जोड दिनुभयो । आममतदातालाई निर्वाचनमा सहभागिता गराउन आवश्यक रहेको बताउँदै उहाँले मत बदर हुन नदिन मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला पक्ष अघि बढ्नुपर्छ भन्नुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार  १५० मतदाता र दुई हजार १०३ मतदान केन्द्र रहेको जानकारी दिइएको थियो । 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : २२ बजे