राप्रपा नेपालको चिन्ह जनतालाई थाहा छैन, त्यसैले अहिले सूर्य चिन्ह लिएर जान लागेका हौँ : कमल थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाब चिन्हबारे जनतामा ज्ञान कम भएकाले सूर्य चिन्ह लिएर चुनाबमा जाने निणर्य गरेको बताउनुभएको छ । 

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा अब राजसंस्थाको पुनस्थापनाको सम्भावना नरहेकोमेत बताउनुभयो ।  राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसंस्था पुनस्थापना नहुने उहाँले बताउनुभयो।

उहाँले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत गर्नुपरेको बताउनुभयो । 
अध्यक्ष थापाले आफूले  पार्टीमा रहेर १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको टिप्पणी गर्नुभयो । 

आफ्नो पार्टीको स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भइसकेको बताउनु भयो । उहाँले यो अवधीमा आधा दर्जन बढी भातृ संगठन निर्माण भइसकेको पनि जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ४ : ०८ बजे