सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मलेसियालाई हराउँदै रुपन्देही च्याम्पियन

काठमाडौँ। मलेसिया–११ लाई सात विकेटले हराउँदै नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही ११ ले जितेको छ ।

भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार भएको फाइनलमा एक सय १४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

रुपन्देहीका  प्रज्वल थापाले सर्वाधिक ७१ रन बनाए । यस्तै सन्दिप रजाइली ४१ रनको योगदान गरे । मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन मात्र बनायो ।

मलेसियाको नर्जरिल रहमानले सर्वाधिक ३६ रन बनाए । त्यस्तै जुबैदी जुलफुक्लेले २६ रनको योगदान गरे । रुपन्देहीका लागि बसिर अहम्मदले दुई तथा विक्रम भुसाल, बिशालबिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले एक एक विकेट लिए ।   

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : ४६ बजे