यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

निर्वाचन सारे मुलुक दुर्घटनातर्फ : प्रमुख निर्वाचन आयुक्त

जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते निर्धारण भएको स्थानीय तहको निर्वाचन सारिए मुलुक ठूलो दुर्घटनातर्फ जाने बताउनुभएको छ । 

आज जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा बोल्नुहुँदै उहाँले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताउनुभयो ।

 प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभयो ।  

 निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उहाँले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्नुहुँदै पछिल्लो समय निर्वाचन विपरीत हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गर्नुभयो । निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १ : ५७ बजे