सुनको मूल्यमा नयाँ कीर्तिमान

चाँदीको गहना र मोटरसाइकलसहित भारतीय नागरिक पक्राउ

रौतहट । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिन बहादुर ठाडाको कमान्डमा गएको टोलीले  स्थानीय पचरौता नगरपालिका– ६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेक जाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला झाँझरा पञ्चायत–३ बडहर्वाका २८ वर्षीय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरले बताउनुभयो।

भारतीय नागरिक साहको साथबाट एक किलो दुई सय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाइएको डिआइजी मगरले जानकारी दिनुभयो ।

 

 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ४३ बजे