साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चिया चुनावी सिर्जना अभियान 

सुनसरी । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, सुनसरीले इटहरी वडा नं. ५  स्थित जय नेपाल स्वीट हाउसमा आसन्न स्थानीय तहको निर्वाचनलक्षित चिया चुनावी सिर्जनात्मक अभियान आयोजना गरेको छ । 

अभियानमा विभिन्न विधाका स्रष्टाहरूले चुनावी सिर्जना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेश संस्कृति विभाग प्रमुख प्रा.डा.बद्री विशाल पोखरेलले  जनताका घरदैलोमा गएर यस खालका सिर्जनात्मक अभियान सञ्चालन गर्दा चुनावी चेतना वृद्धि हुने बताउनुभयो । 

नेकपा एमाले सुनसरी जिल्ला संस्कृति विभाग प्रमुख प्रसिद्ध लोक गायक बालकृष्ण कार्कीले चैत्र १६ गते निर्वाचनमुखी सिर्जना वाचन तथा अभ्यास गोष्ठी गरेको जानकारी दिनुहुँदै  निर्वाचन एलौ दिदी, निर्वाचन एलौ बहिन, भोट दिए जाए पड्तो, सुरज छापमे बोलको थारु भाषाको कर्णप्रिय गीत गाउनुभएको थियो  । 

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य द्वय गणेश खत्रीले बिहानै उठी पूर्वमा हेर्दा घाम लाग्छ झलल, एमालेको चुनाव चिन्ह बल्दछ टलल, बोलको रचना वाचन गर्नुभयो । 

नेकपा. एमाले प्रदेश नं. १ संस्कृति विभागको परिकल्पनामा र प्रदेश अन्तर्गत रहेका सबै जिल्ला संस्कृति विभागको समन्वयमा तथा महासङ्घको अगुवाइ र नेतृत्वमा यस्ता अभियान प्रदेशभरि आयोजना गर्ने लक्ष्य रहेको बताइएको छ । 

 

 

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : २७ बजे