काठमाडौँ । प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडक पेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट शुक्रवार खटिएको टोलीले उनीहरूलाई उद्धार गरेको हो ।
उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् ।
उनीहरूलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ७ : १२ बजे
प्रतिक्रिया