सुनको मूल्यमा नयाँ कीर्तिमान

६ वर्षीया बालिका बलत्कार गरेको अभयोगमा ५५ वर्षीय पलट चौधरी पक्राउ

बीरगंज ।  ६ बर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा ५५ बर्षीय पलट चौधरीलाई आज पर्सा प्रहरीले पक्राउ गरेको छ ।  

गत चैत्र २६ गते दिउँसो १ बजे बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ५५ बर्षीय पलट चौधरीले बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा ६ वर्षीया बालिका खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगेर बालिकालाई जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा पीडित बालिकाको अभिभावकहरूले आज जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका बलात्कार भएको किटानी जाहेरी दिएपछि सोको आधारमा पलट चौधरीलाई आज बिहान ११ बजे निजको घरबाट पक्राउ गरी जबरजस्तीकरणी सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ६ : ०३ बजे