‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सीमानाकामा ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामको प्रयासस्वरुप सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको चैत १० गतेदेखि उक्त विधिबाट  परीक्षण शुरु गरिएको  हो । 

    नाकाबाट फर्किने सबैको नभएर भारतका अति कोरोना प्रभावित क्षेत्रबाट फर्केका नागरिक, ज्वरो आएका नागरिकको मात्रै कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।  

    हालसम्म ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।    कुनै पनि व्यक्तिमा कोरोना भए नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको जनाइएको छ । पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ । छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै सुदूरपश्चिमका नाकाहरुमा पनि उच्च सतर्कता अपनाइएको छ ।

    भारतका कोरोना प्रभावित क्षेत्रबाट फर्केकाहरुको नाकामा अनिवार्य एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको हो ।  कोरोनाको दोस्रो लहरको जोखिम भएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिइएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय बैतडीले पनि जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरिसकेको छ ।  
 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ०५ बजे