संखुवासभा । शंखुवासभामा सत्ता गठबन्धनले हावा खाएको छ । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेपछि गठबन्धन टुटेकाे हाे ।
शुक्रबार पनि गठबन्धनको बैठक बसेपनि कुरा मिलेन । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको बताउनुभयो । उहाँले माओवादीसँग गठबन्धन गर्ने कुरा सकिएपनि बाँकि दलहरुबीच भने गठबन्धन हुनसक्ने बताउनुभयो । ‘माओवादीसँग अब गठबन्धन हुन्न । तर बाँकी दलहरुसँग छलफल हुन्छ’, खड्काले भन्नुभयो ।
माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको स्विकार गनुृभएको छ ।
प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ४ : ३९ बजे
प्रतिक्रिया