विवाहको सिजनमा सुनको मौज्दात सकियो

काठमाडौं । वैशाख लागेसँगै बिहे गर्ने मुख्य सिजनमा बजारमा सुनको मौज्दात सकिएको छ ।

नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न  बैंकहरुलाई निर्देशन दिएसँगै सुनको आयात ठप्प हुँदा बजारमा सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको हो ।

सुन अभाव भएपछी बजारमा नयाँ गहना बनाउनेको ग्राहक संख्यामा समेत कमि आएको  छ । नेपालमा सुन आयात नभएको ११ दिन भइसक्यो यसअघी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे ।

वैशाख लागेलगत्तै बिहेको लगनको महिना सुरु भएपछि सुनको माग बढेको तर,  सुन भने नभएको बज्राचार्यले बताए ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै राष्ट्र बैकले गत चैत २१ गते बैंकका कार्यकारी प्रमुखहरुलाई बोलाएर सवारी साधनसहितका बस्तुहरुलाई एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) जारी नगर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ५१ बजे