सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एसियन कप छनोटको लागि प्रशिक्षण सुरु

काठमाडाैँ  । एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाउनुभएको छ । ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । 

यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र विशाल राई छन् । 

मुख्य प्रशिक्षक अल्मुताइरीले एसियन कप छनोटको लागि नेपाललाई धेरै मेहनत आवश्यक रहेको जनाउँदै अहिले छनोट नहुने उल्लेख गनुृभयो । 

उहाँले आफूहरु निकै कठिन समूहमा र एसियन कप छनोटमा उत्कृष्ट खेल प्रर्दशन गर्न सक्दो प्रयास गर्ने बताउनुभयो । 

छनोटमा नेपाल समूह ए मा छ । नेपालको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालको समूहको छनोट खेलहरु भने कुवेतमा आयोजना हुनेछ ।

हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल आगामी जुन ८ देखि १४ तारिखसम्म हुनेछ । 

यसमा नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोट प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा नेपालले इन्डोनेसियासँग खेल्नेछ । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ५२ बजे