स्थानीय चुनावमा तालमेल सजिलो छैन, एक्लै लड्ने तयारी गर्नु : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा तालमेल सजिलो नभएको बताउनुभएको छ ।

स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नभएको उहाँको भनाइ थियो । पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दाबी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताउनुभएको थियो ।

प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बताउनुभएको थियो ।

प्रचण्डले तालमेल हुन नसके एक्लै चुनाव लड्ने तयारी गर्न नेताहरुलाई अपिल गर्नुभएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ४८ बजे