अध्यक्ष ओली सर्लाही आउनुहुँदै

सर्लाही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्लाही आउने हुनुभएको छ ।

शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लाग्नुभएको हो । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको छ ।

सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ । 

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : ५३ बजे