प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

​​​​​​​काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

बुधवार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।   बुधवार सुन तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधवार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ ।

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : ३० बजे