साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमालेको चुनावी गीत ‘भोट हालौँ सबैले सूर्य छापमा’ सार्वजनिक (भिडियो)

गाईघाट । नेकपा एमाले निकट राष्ट्रिय जन–सांस्कृतिक महासङ्घ, उदयपुरले पार्टीको चुनावी गीत बजारमा ल्याएको छ । 

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै महासङ्घले ‘भोट हालौँ सबैले सूर्य छापमा’ भन्ने बोलको चुनावी गीत बजारमा ल्याएको हो । 

चुनावी गीत विशेष समारोहको बिचमा नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष प्रमेश्वर घिमिरेले सार्वजनिक गर्नुभयो । 

सैनध्वज दनुवारको शब्द र सङ्गीतमा रहेको उक्त चुनावी गीत १३ मिनेट ३७ सेकेण्डको रहेको छ । लोक स्टारका उपविजेता विनोद दनुवार र अर्का गायक हिरा विश्वकर्माको स्वरमा रहेको गीत एडमिन चौतारी डट कम नामक फेसबुक च्यानलबाट सार्वजनिक गरिएको छ । 

​​​​​​​

गीत सार्वजनिक समारोहमा एमाले अध्यक्ष घिमिरे, एमाले नेतृ महेश्वरी राई, युवा नेता खगेन्द्र पोखरेल लगायतको उपस्थिति रहेको  थियो  । 

गीत तयार गर्न सहयोग गर्ने एमाले नेताहरू मञ्जु चौधरी, प्रमेश्वर घिमिरे, ईश्वरमणि राउत, भागवत राउत, महेश्वरी राई, शारदा कुमारी दनुवार, तिर्हा दनुवार, अमर बहादुर दनुवार, दीपक राउत, खगेन्द्र पोखरेल लगायतलाई धन्यवाद दिइएको छ । 

एमालेको चुनावी गीत ‘भोट हालौँ सबैले सूर्य छापमा’ सार्वजनिक (भिडियो) :

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ३३ बजे