यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

स्थानीय तहको चुनाव : कर्णालीमा कति दल र मतदाता?

सुर्खेत  । कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिने दलको सङ्ख्या समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो । 

कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिन भएका छन् । 

त्यस्तै रुकुम पश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिनुभयो।

डोल्पामा महिला मतदाता सङ्ख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता सङ्ख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको सङ्ख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् । 

सल्यानमा महिला मतदाता सङ्ख्या ७७ हजार ८ सय ११ र पुरुषको सङ्ख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको सङ्ख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको सङ्ख्या ४९ हजार ९, पुरुषको सङ्ख्या ५४ हजार ८ सय ५८ छ ।  दैलेखमा महिला मतदाता सङ्ख्याको सङ्ख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको सङ्ख्या ७४ हजार ३८ रहेको छ । 

कर्णाली प्रदेश भरीको महिला मतदाता सङ्ख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको सङ्ख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जुम्लामा, हुम्लामा र कालिकोटको मतदाता सङ्ख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन ।   

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ३३ बजे