यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

७० लाखभन्दा बढी मतपत्र छापिए

काठमाडौँ / निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । 

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’ 

आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ छपाई सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ५ : ०६ बजे