मोरङ / मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
बुधवार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
फोरलाइनस्थित सडकमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तलासी लिएको थियो ।
तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार ४ : १७ बजे
प्रतिक्रिया