यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सडक दुर्घटनामा ज्यान गुमाएका परिवारले नेपालगञ्जमा क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

नेपालगन्ज / नेपालगन्जको सुर्खेत रोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र धम्बोझी चोकको बिचमा ठक्कर दिँदा ६५ वर्षीय समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरूलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङ होममा पुर्‍याएपछि चिकित्सकले  मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक  इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

 पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारबाही र क्षतिपूर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडी प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने–‘ कानुनी प्रक्रिया अघि बढेको छ । पीडकमाथि कारबाहीको प्रक्रिया अघि बढी सक्यो अनावश्यक बाटो अवरोध गरेर कुनै समाधान निस्कँदैन ।’

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ३ : ४६ बजे